नेपाल खेलकुद महासंघले मनाङका बाढी पीडितलाई सहयोग गर्न सहायता सामग्री पठाएको छ।
सहयोग सामग्री लिएर आज नेपाली सेनाको हेलिकोप्ट मनाङ प्रस्थान गरेको छ।
नेकपा (एमाले) निकट खेलकुद महासंघले मनाङ जिल्लामा बाढी पहिरोले क्षति पुर्याएर समस्यामा रहेकाहरुलाई सहयोगका सामग्रीहरु हस्तान्तरण गरिने जनाएको छ।
सो टोलीमा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री कर्ण थापा, महासंघ इन्चार्ज तथा पूर्वमन्त्री दावा लामा, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेललगायत छन्।
असार १०, २०७८, बिहीबार
प्रतिक्रिया