समाज


बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते, बिरामीको बाटैमा मृत्यु

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते, बिरामीको बाटैमा मृत्यु

वाशुदेव मिश्र
असार १७, २०७८ बिहिबार १२:६,

कास्कीको उत्तरपूर्वी गाउँपालिका मादी ९,गहेतेबेसीमा बिरामी बोकेको एम्बुलेन्स खोलाको बाढीमा फस्दा चालक घाइते भएका छन्। खोलामा आएको लेदोले बगाएपछि एम्बुलेन्स चालक २५ वर्षीय सुवास अधिकारी घाइते भएको वडाध्यक्ष तोरण गुरुङले बताए।

एम्बुलेन्स रोकेर बिग्रेको बाटो हेर्दै गर्दा बगाएका उनलाई स्थानीयले उद्दार गरेका थिए। पोखरामा उपचारत उनको अवस्था अहिले सामान्य रहेको छ।

मादी –९, मुग्रीबेसीबाट ८६ वर्षीया बिरामी लिएर पोखरा आउने क्रममा सो दुर्घटना भएको हो। एम्बुलेन्समा सवार वृद्धामा कोरोनाको लक्षण देखिएको थियो।

गाउँकै स्वास्थ्यचौकीमा जचाउँदा उनीसहित घरका ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि बल्लतल्ल एम्बुलेन्स व्यवस्था गरिएको थियो।

रुँदीखोला हाइड्रोले लमजुङको क्लोंलासोथरबाट एम्बुलेन्स मगाइदिएको थियो। निमोनियाले ग्रस्त बिरामीको भने बाटैमा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया पोखरेलले बताइन्। उनका अनुसार गएरातिदेखि परेको पानीले सो क्षेत्रको धेरैजसो बाटो बिगारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .