ad ad

समाज


भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

नेपालखबर
भदौ ७, २०७६ शनिबार ७:२२,

भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।

शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको अखिल भरतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार जेटलीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अगष्ट ९ तारिखदेखि एम्समा भर्ना गरिएको थियो।

उनी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकरमा अर्थमन्त्री थिए।

जेटलीलाई दोस्रोपटक प्रधानमन्त्री बनेका मोदीले आफ्नो सरकारमा पुनः मन्त्री बनाउन चाहन्थे तर पत्र लेखेर जेटलीले स्वास्थ्यमा समस्या भएकाले कुनै जिम्मेवारी नलिने बताएका थिए।

गएको १८ महिनादेखि जेटलीको स्वास्थ्यमा समस्या भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .