समाज


अश्लील हर्कत देखाएका वडाध्यक्षद्वारा आत्मसमर्पण

अश्लील हर्कत देखाएका वडाध्यक्षद्वारा आत्मसमर्पण

नेपालखबर
भदौ ९, २०७६ सोमबार १६:१०,

आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भण्डारीले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन्।

प्रहरीले भण्डारीलाई आज दिउँसो कार्यालय समयसम्म उपस्थित नभए पक्राउ गर्ने सन्देश पठाएपछि भण्डारीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

प्रहरी उपरीक्षक सिलवालका अनुसार भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad