समाज


पत्रकारविरुद्ध मुद्दा दायर

पत्रकारविरुद्ध मुद्दा दायर

नेपालखबर
भदौ ९, २०७६ सोमबार १६:१,

नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेका हुन्।

अध्यक्ष बेहनाले मुद्दा दायर गरेलगत्तै पत्रकार श्रेष्ठलाई पक्राउ गर्न पुर्जी जारी गरिएको छ। अभद्र व्यवहारसम्बन्धी कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।

मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो। वडाध्यक्ष बेहनाले नौ दिनअघि नै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे पनि मेलमिलापका लागि समय दिइएको प्रहरी उपरीक्षक वलीले बताए। पत्रकार श्रेष्ठलाई पक्राउ गर्नका लागि आज नै पक्राउ पुर्जी जारी गरेको मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक दीपक मल्लले बताए।

श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेका वडाध्यक्ष बेहनाले श्रेष्ठले पटक–पटक आफूलाई धम्की दिई गैरकानूनी लाभ (फिरौती) लिएको उल्लेख गरेका छन्। उनका अनुसार पत्रकार श्रेष्ठले गत असारमा वडा कार्यालयभित्र प्रवेश गरी फिरौती माग गरेका थिए। आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने काम पत्रकार श्रेष्ठले गरेको वडाध्यक्ष बेहनाले बताए।

मुलुकी अपराधसंहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए एक वर्षसम्म कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको प्रहरी उपरीक्षक वलीले बताए।

श्रेष्ठले विगतमा पनि पत्रकार आचारसहिंता विपरीत काम गरी नेपाल पत्रकार महासङ्घ र जिल्लाका पत्रकारको प्रतिष्ठामाथि आँच पु¥याएका कारण पत्रकार महासङ्घले करीब आठ वर्षअघि साधारण सदस्यता खारेज गरेको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad