कला


अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा फेरिल्याण्ड तृतीय

अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा फेरिल्याण्ड तृतीय

नेपालखबर
भदौ ९, २०७६ सोमबार १५:५३,

बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानीलकण्ठ नगरपालिकास्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेशनल विद्यालयले तृतीय स्थान हासिल गरेको छ।

बुढानीलकण्ठ नगरपालिका भित्रका ३७ वटा विद्यालयलहरुले सहभागिता जनाएको नृत्य प्रतियोगितामा फ्युजन एकेडेमी प्रथम र लोयाल्टी एकेडेमी दोस्रो स्थान प्राप्त गरेका छन्। यस्तै, हिमालय स्कूल, सिशुमिलन स्कूल तथा नौलिन माविले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका फेरिल्याण्ड स्कूलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला)ले विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रशंशा पत्र वितरण गरे।

कार्यक्रमको अध्यक्षता बुढानीलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारीले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad