नाडा अटोमोबाइल एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरु हुने नाडा अटो शोको लागि स्टल लिएका अटो कम्पनीहरु तयारी अवस्थामा रहेका छन्।
उनीहरुले आज रातीसम्ममा सबै आफ्नो प्रोडक्ट राखि सक्ने गरी काम गरिरहेका छन्।
१९ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोमा ३६ वटा ब्राण्डका सवारी साधन राखिने छन्। त्यसमा ७४ वटा संस्थाका १ सय २५ वटा स्टल रहने छन्।
अटो कम्पनी देखि वित्तिय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ। जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन्।

प्रतिक्रिया