समाज


नासाको नयाँ अनुसन्धानः सौर्यमण्डल बाहिर मानिस बस्नयोग्य ग्रह छन्

नासाको नयाँ अनुसन्धानः सौर्यमण्डल बाहिर मानिस बस्नयोग्य ग्रह छन्

एस्ले स्टिकल्याण्ड
भदौ १०, २०७६ मंगलबार १०:५५,

पृथ्वी जीवनको लागि उपयुक्त स्थान हो। किनभने अहिलेसम्म पृथ्वीमा मात्र जीवन छ भन्ने हामीलाई थाहा छ। नयाँ अनुसन्धानले पृथ्वीभन्दा बाहिरी ग्रहमा पनि जीवन हुनसक्ने अनुमान गरेको छ।
त्यहाँ पनि पृथ्वीमा जस्तै महासागर, हावा, पानी भएको अनुमान गरिएको छ। जुन हामीलाई अहिलेसम्म थाहा छैन।

अन्तरिक्षसम्बन्धी अमेरिकीसंस्था नासाले एक सफ्टवेरको विकास गरेको छ। आरओसीकेइ–३डी नामको उक्त सफ्टवेयरले सौर्यमण्डलभन्दा बाहिरका ग्रह ‘एक्जोप्लानेट’मा महासागर छ छैन भनेर अध्ययन गरिरहेको हो।

पृथ्वीमा समुद्री जीवन माथिल्लो प्रवाह अथवा अपवेलिङमा निर्भर हुन्छ। अपवेलिङ भनेको एउटा यस्तो समुद्री घटना हो जहाँ हावाले पानीलाई गति, शीतल र पोसक सम्पन्न बनाउँदछ। यसले सागरको पिँधबाट सूर्यको सतहमा पोषकहरु सार्दछ। यही फोटो सिन्थेटिक कारणले जीवन फस्टाउँछ। सागरमा बोटबिरुवाले खाना बनाउन सक्छन्। अपवेलिङ कै कारण सागरमा जीवन हुन्छ, जैविक गतिविधि हुन्छ।

नासाका अनुसन्धानकर्ताले सौर्यमण्डलभन्दा बाहिरका ग्रहमा यही अपवेलिङ प्रक्रियाको अनुसन्धान गरिरहेका हुन्। उनीहरुले पृथ्वीका सागरमा देखिएजस्तै ती ‘एक्जोप्लानेट’मा देखिएको बताएका छन्।

अनुसन्धानका एक मुख्य खोजकर्ता स्टेफनी ओल्सन भन्छन्, ‘हामीेले सौर्यमण्डलभन्दा बाहिर ग्रहमा वायुमण्डलको उच्च घनत्व देखेका छौं। त्यहाँ परिक्रमा दर ढिलो छ र अपवेलिङ प्रक्रिया उच्च छ।’

‘एक्जोप्लानेटमा अपवेलिङ प्रक्रिया देखिएसँगै अब पृथ्वीमा मात्र जीवनका लागि उपयुक्त क्षेत्र भन्न मिल्दैन। सौर्यमण्डलभन्दा बाहिरका ग्रहहरु जीवनका लागि पृथ्वीभन्दा उत्तम हुन पनि सक्छन्’, उनी भन्छन्।

नासाका अनुसार सौर्यमण्डल भित्रै जीवन खोज्दा बृहस्पति ग्रहको चन्द्रमा युरोपा र शनि ग्रहको चन्द्रमा ‘इन्क्लाडस’लाई उपयुक्त मानिएको छ। नयाँ अनुसन्धान पूरै एक्जोप्लानेट केन्द्रित छ।

यो अनुसन्धान सौर्यमण्डलभन्दा बाहिरको ग्रहमा जीवनको खोजीका लागि भइरहेको हो। ओल्सन भन्छन्, ‘नासको अनुसन्धान ब्रह्माण्डमा रहेका बस्नयोग्य ग्रहहरुमा केन्द्रित छ। त्यसका लागि तरल पानी र सागरको सम्भावनामा अध्ययन भइरहको हो।’

अनुसन्धानले कुनै स्थान जीवनका लागि उपयुक्त देखाएको छ भने कुनै स्थान अनुपयुक्त पनि देखाएको छ।

एक्जोप्लानेटबारेमा अध्ययन गर्दा प्रविधिको प्रयोग हुन्छ। किनभने ती ग्रहहरु निकै टाढा छन्। जहाँ मानव पुग्न असम्भव छ। त्यसैले अत्याधुनिक टेलिस्कोपको माध्यमबाट अनुसन्धान भइरहेको हो।

शक्तिशाली टेलिस्कोपकै माध्मबाट वैज्ञानिकहरुले एक्जोप्लानेट महासागरका तथ्यांकहरु संकलन गरिरहेका हुन्। अहिले कुन एक्जोप्लानेटमा जीवन सम्भव छ र कुनमा छैन भनेर अनुसन्धान भइरहेको छ।

अहिलेसम्मको अनुसन्धान निष्कर्षमा वैज्ञानिकहरु भन्छन्, ‘पृथ्वीभन्दा बाहिर पनि मानिस बस्नयोग्य ग्रहहरु छन्।’ (सीएनएनबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad