खेल


साफ यू-१५ फुटबल: बंगलादेशविरुद्ध नेपाल २-०ले अगाडि

साफ यू-१५ फुटबल: बंगलादेशविरुद्ध नेपाल २-०ले अगाडि

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १०:४५,

नेपालका किसन अधिकारी यादवले ४७औं मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन्। मैदानको मध्यभागमा वान भर्सेस वानमा पाएको बललाई अघि बढाउँदै यादवले नेपाललाई अग्रता दिलाएका थिए।

पहिलो गोलको भिडियो: 

यस्तै ५२औं मिनेटमा सुगन जिमीले नेपालको अग्रता दोब्बर पारे। उनले डी बक्सको बाहिरबाट गरेको प्रहार बंगलादेशी गोलकिपरको हातमा लाग्दै पोस्टभित्र गएको थियो। 

दोस्रो गोलको भिडियो: 

शीर्ष दुई स्थानमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित्नै आवश्यक छ। यसअघि भारतसँग पराजित भएको नेपालले श्रीलंकालाई पराजित गरेको थियो। 

अंक तालिकामा नेपाल नेपालले २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा छ। लगातार सुरुवाति दुई खेल जितेर ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। शीर्षस्थानको भारतको पनि ६ अंक रहेको छ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने भएकाले नेपाललाई जितको खाँचो भएको हो। 

नेपालले अन्तिम खेलमा बिहिबार भुटानसँग खेल्नेछ।

नेपाली टोलीमा ईश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी, प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा,  जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई, किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad