खेल


मेक्सिकोले पनि फर्कायो दोस्रो गोल, अब इंग्ल्यान्ड ३-२ ले अघि

मेक्सिकोले पनि फर्कायो दोस्रो गोल, अब इंग्ल्यान्ड ३-२ ले अघि

नेपालखबर
असार २२, २०८३ सोमबार ८:२२, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत हाज जारी खेल मेक्सिकोले इंग्ल्यान्डविरुद्ध दोस्रो गोल गरेको छ। 

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा इंग्ल्यान्ड ३-२ ले मेक्सिको भन्दा अघि छ।  

अन्तिम १६ (क्वार्टरफाइनल)को खेलमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो। दोस्रो हाफको जारी खेलमा इंग्ल्यान्ड र मेक्सिकोले थप १- १ गोल गरेका हुन्। 

मेक्सिको जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत हो। 

मेक्सिकोका राहुल जिमिनेजले खेलका ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै  खेललाई ३-२ को अन्तरमा ल्याएका हुन्। 

रातो कार्ड खाँदै ५४औँ मिनेटमा जारेल क्वान्साह बाहिरिएपछि हाल इंग्ल्यान्ड १० खेलाडीमा सिमित छ। 

कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको हो। 

पहिलो हाफमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई गरेका थिए भने मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काएका थिए। 

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad