खेल


आफ्नै मैदानमा इंग्ल्यान्डसँग मेक्सिको स्तब्ध (तस्बिरहरू)

आफ्नै मैदानमा इंग्ल्यान्डसँग मेक्सिको स्तब्ध (तस्बिरहरू)

नेपालखबर
असार २२, २०८३ सोमबार ११:३३, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान भएको खेलमा आयोजक मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ (क्वार्टरफाइन)मा प्रवेश गरेको छ। 

आफ्नै घरेलु मैदान अज्टेका स्टेडियममा मेक्सिको इंग्ल्यान्डसँग स्तब्ध भएको हो। १० खेलाडीमा सिमित इंग्ल्यान्डले ३-२ गोल अन्तरले सहआयोजक मेक्सिकोलाई पराजित गरेको हो। 

अन्तिम १६ को खेलमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा इंग्ल्यान्ड र मेक्सिकोले थप १-१ गोल गरे।

इङ्ग्ल्यान्डको जितमा  जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा निर्णायक गोल थपे। 

मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे। 

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको थियो।

इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो। खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाएर बाहिरिए। 

इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ। 

हेर्नुहोस् थप तस्बिरहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad