खेल


काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

नेपालखबर
असार २२, २०८३ सोमबार ११:३२, काठमाडौँ

एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर रुपमा रहने भएको छ।

सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रूपमा रहनेछ भने टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ। 

यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो र ग्लामरस फ्रेन्चाइज लिग एनपीएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो। गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो भने यस वर्ष टाइटल स्पोन्सरको रूपमा आफ्नो सहभागितालाई अझ सशक्त बनाएको छ। 

यसैगरी काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक–निर्देशक श्रवण बहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए । 

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा फरक छाप छोडन सफल भएकोले अहिलेको अवस्थामा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहभागिताविना कुनै ठूलो खेलकुद प्रतियोगिता कल्पना गर्नै गाह्रो भइसकेको उनको दाबी छ। 

उनले भने, ‘यस्तो प्रभावशाली र खेलकुदप्रति प्रतिबद्ध ब्रान्डसँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं। यसले टोलीलाई उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा दिएको छ। यस्ता साझेदारीहरूले कुनै पनि टोलीको व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पु¥याउँछन्।’

संम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकोले प्रतियोगितामा काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा हामी अत्यन्त उत्साहित रहेको र एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिन्।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहकार्य गर्दै आएको छ। खेलकुदमार्फत युवामा ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको प्रेरणा दिने उद्देश्यसहित कम्पनीले आफ्नो सामाजिक तथा व्यावसायिक जिम्मेवारीलाई निरन्तर अघि बढाइरहेको छ।

काठमाडौं गोर्खाजसंगको यो साझेदारीले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई नेपाली खेलप्रेमीमाझ अझ सशक्त रूपमा जोड्ने मात्र नभई नेपाली क्रिकेटको विकास र व्यावसायिककरणमा समेत सकारात्मक योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ।

काठमाडौं गोर्खाजले यसअघि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकर लाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ भने करण केसी मार्की खेलाडी तथा कप्तान रहेका छन्। टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाली युवाको ऊर्जा, उत्साह र जोशको प्रतीक ब्रान्डका रूपमा खेलकुदसँगको सहकार्यलाई अझ विस्तार गर्दै जाने प्रतिबद्धतासहित आगामी दिनमा पनि विभिन्न खेलकुद गतिविधिमा आफ्नो सक्रिय सहभागिता निरन्तर रहने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad