बार्सिलोनाका प्रतिनिधि यतिबेला नेमार जुनियर अनुबन्ध गर्ने लक्ष्यका साथ फ्रान्सको पेरिस पुगेका छन्।
फ्रान्सेली पत्रिका ले पेरिसिएनका अनुसार पीएसजीले बार्सासँग अन्तिम सर्त राखेको छ।
पीएसजीको उक्त सर्तअनुसार बार्साले नेमार अनुबन्ध गर्नका लागि १०० मिलियन युरोसहित दुई खेला ओउसमान डेम्बेले र नेल्सन सिमिडोको माग गरेको छ।
डेम्बेले र सिमिडाे दुवै युवा स्टार हुन्। डेम्बेलेलाई चाँहि बार्साकाे भविष्यकाे रुपमा हेरिएकाे छ। स्टार मेस्सी र स्वारेजकाे अनुपस्थिती रहँदा डेम्बेलेले मुख्य भूमिका निर्वाह गर्दछन्।
बार्सा र पीएसजीका प्रतिनिधिले केहीदिनमै अर्को चरणको छलफल गर्नेछन्। त्यसपछि नेमार बार्सामा जाने या नजाने भन्ने टुंगो लाग्ने मार्काले जनाएको छ।
सिजनको सुरुवात भइसक्दा पीएसजीका नेमारले दुईवटा खेल गुमाइसकेका छन्। नेमारको भविष्य निर्धारण नभएसम्म नेमारले खेल्न नपाउने समाचारमा जनाइएको छ।

सिमिडाे र डेम्बेले
Shares

प्रतिक्रिया