समाज


रुकुममा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

रुकुममा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

नेपालखबर
भदौ १४, २०७६ शनिबार १२:४२,

रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका ट्याक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए। घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ।

दामाचौरबाट करपगार जाँदै गरेको भे१च ७८९३ नंको ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad