समाज


बङ्लादेशमा मन्त्रीको कारमा बम आक्रमण

बङ्लादेशमा मन्त्रीको कारमा बम आक्रमण

नेपालखबर
भदौ १५, २०७६ आइतबार १०:४२,

शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन्।

आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ।

अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ, “इस्लामिक स्टेट (आइए)ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ।”

स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो। उनलाई छ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए।
मन्त्री इस्लाम बङ्लादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन लाग्दा आक्रमण भएको डिएमपी कार्यालयले जनाएको छ।

स्थानीय समय अनुसार शनिबार राति ९.२० बजेतिर विस्फोटन भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad