समाज


चिप्स र कुरकुरे मात्र खाने गरेका एक किशोरले आँखाको ज्योती गुमाए

चिप्स र कुरकुरे मात्र खाने गरेका एक किशोरले आँखाको ज्योती गुमाए

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ११:२,

तर यदी जंक फुडमा बानी परेको छ भने अब सचेत हुने बेला आएको छ।

वेलायतमा १७ वर्षका एक किशोरले चिप्स र कुरकुरे खाएकै कारण आँखाको ज्योती गुमाएका छन्।

प्राथमिक शिक्षा पुरा गरे पश्चात नै यी किशोर फास्ट फुड फ्रेन्च फ्राइज, प्रिंगल्स र ह्वाइड ब्रेडमा निर्भर थिए।

यसको अलावा कहिलेकाही उनी बंगुरको मासु पनि खान्थे। त्यसपछि उनी जंक फुड कुरकुरे र चिप्स खान थाले। प्राय उनी चिप्स कुरकुरेमै रमाउथे।

चिकित्सकहरुका अनुसार जंक फुड र फास्ट फुडमात्र खाने गरेका उनलाई आँखाको ज्योती गुम्नु अगाडि कुपोषण भएको थियो।

तीन वर्ष अगाडि नै उनी अस्पताल पुगेका थिए। उनमा चाँडै थकान हुने समस्या थियो।

Related image

तब डाक्टरले उनमा भिटामित बी १२ को कमी भएको पत्ता लाग्यो। डाक्टरले दबाई लेखिदिए तर ती किशोरले आफ्नो खानपानमा सुधार गरेनन्। त्यसै कारणले उनले यतिबेला आँखाको ज्योती गुमाए।

चिकित्सकहरुले आफ्नो शरीरलाई तन्द्रस्त राख्न सन्तुलित खाना खान सुझाव दिएका छन्। यसले आँखाको ज्योतीदेखि अन्य शारीरिक स्वास्थ्यमा सहयोग पुर्याउँछ।

चिकित्सकहरुका अनुसार हामीले सागसब्जी, फलफुल, दाल, प्रोटिन तथा डेरीका खानेकुराहरु मिलाएर खानुपर्दछ। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad