ad ad

समाज


दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकविरुद्ध ४६ लाख बिगोदाबीसहित मुद्दा दायर

दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकविरुद्ध ४६ लाख बिगोदाबीसहित मुद्दा दायर

नेपालखबर
असोज ७, २०७६ मंगलबार १२:२३,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान काठमाडौंका तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले ०६९ माघ २२ गते दुग्ध वितरणको लागि दुई कम्पनीसँग सम्झौता गर्दा प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी पाँच प्रतिशत मूल्यवृद्धि गरी अस्वाभाविक भुक्तानी लिएको आरोपमा छानबिनपछि १० जनाविरुद्ध लाखौँको बिगोदाबीसहित मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार तत्कालीन महाप्रबन्धक तिमल्सिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरी प्रसाद अधिकारी, काठमाडौं दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राज गोविन्द राजकर्णिकार, सोही आयोजनाका तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन काठमाडौं दुग्ध वितरण आयोजना बालाजु, हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा रहेका तत्कालीन प्रशासकीय अधिकृत तथा हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदीविरुद्ध प्रतिव्यक्ति ४६ लाख ७९ हजार १ सय ८२ रुपैयाँ बिगोदाबी माग गरिएको छ।

त्यस्तै, गोकुल निर्माण सेवा गोलढुंगा काठमाडौंका सञ्चालक गोकुल फुँयालविरुद्ध २२ लाख १९ हजार ६ सय ६८ रुपैयाँ, साबिक प्रभु आदित्य बिजनेस प्रालि रहेको हाल प्रभु आदित्य बिजनेस एण्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंका सञ्चालक दिप बहादुर खड्का, सोही कम्पनीका सञ्चालक फणिन्द्र प्रसाद दाहाल र तत्कालीन सञ्चालक सतिस कुमार गिरीविरुद्ध २४ लाख ५९ हजार ५ सय १४ रुपैयाँ बिगोदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरुले सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासनसम्बन्धी विनियमावली २०६६ तथा सोही संस्थानको खरिद व्यवस्थापन शाखा, प्रशासन व्यवस्थापन विभाग र आर्थिक व्यवस्थापन विभाग समेतको सिफारिस राय लत्याउँदै मनोमानी सम्झौता गरी राज्यलाई नोक्सान पुर्याएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .