समाज

किशोर उमेरमा विवाह, युवती भएपछि पछुतो !

किशोर उमेरमा विवाह, युवती भएपछि पछुतो !

अञ्जना पराजुली
असोज १२, २०७६ आइतबार ३:२१,

‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई मोरङका महिलाले बल्ल बुझ्न थालेका छन्।

अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन्।

विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु।

पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूलाई अहिले निकै पछुतो हुने गरेको विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया मेनुका चौहानले बताइन्।

चौहानको कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो । भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण उनले गरिन्।

१६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह अहिले आएर आफ्नो जीवनमा अभिशाप बनेको उनी बताउँछिन्।

‘अहिले आएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो, तर त्यसलाई सच्याउने बाटो छैन,’ चौहानले भनिन्, ‘सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएको छु।’

हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा आफूलाई झन् पीडावोध हुने गरेको उनी बताउँछिन्।

यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको बताइन्। घरका आमाबुबाले नै विवाह गरिदिएको उनको भनाइ छ।

आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नो रहर र सबै सपना चकनाचुर भएको उनले बताइन्।

हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहने कार्की बताउँछिन्। ‘आमाबुबाले बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण पढ्न नदिई विवाह गरिदिनुभयाे,’ कार्कीले भनिन्।

त्यस्तै, कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक छ। कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको उनी बताउँछिन्।

परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए। उनी भन्छिन्, “परिवारको मायाले विवाह गर्न बाध्य भएँ । आफ्नो पढाइलेखाइलाई बीचमै छाडे । विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन।”

विवाहपछि धेरै मानिसहरुको जीवन धरापमा परेको छ। तर यहाँ केही प्रतिनिधिमूलक घटनाको मात्र प्रस्तुत गरिरहँदा सुष्मा शर्मा पनि यही कारणले दुःख पाएकी छन्।

आफू १४ वर्षकी हुँदा प्रेम विवाह गरेको र एक वर्षपछि छोरी जन्माएको उनले बताइन्। शर्माले परिवारमा सधैँ झगडा हुने, गाली खानुपर्ने, सकिनसकी काम गर्नुपर्ने र कलह मात्र हुन थालेपछि परिवारबाट छुटकारा पाउन सम्बन्धविच्छेद गरेको बताइन्।

‘कलिलो उमेरमा विवाह भयो, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघ्यो, सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएर सम्बन्धविच्छेद गरेँ,’ शर्माले भनिन्।

आफूसँगै पढ्ने साथीहरु शिक्षित भएका र केहीले जागिरमा पनि खाएकाले अहिले आफूले पछुताउनु परेको उनले बताइन्। ‘वैवाहिक जीवन साह्रै पीडादायी भएपछि अहिले नानी लिएर माइतमा बसेको छु,’ उनले भनिन्।

विराटनगर महानगरपालिका–१२ मा मात्र गएका तीन महीनामा १५ भन्दा बढी जोडीले उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएका वडाध्यक्ष हीरालाल कामतले बताए।

‘२० वर्ष नपुगी गरिने विवाह बालविवाह हो। यस्तो विवाह गर्नु हुँदैन र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेका छौँ,’ कामतले भने।

सरकारले कम उमेरमा विवाह गरेमा २५ हजार जरिवाना र एक वर्ष कैद गर्ने कानून बनाए पनि यसलाई व्यवहारमा नमान्नेले नै भविष्यमा दुःख भोग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad