समाज


‘मनसुन अझै १ हप्ता रहन्छ, तर दसैंमा आत्तिनुपर्ने अवस्था छैन’

‘मनसुन अझै १ हप्ता रहन्छ, तर दसैंमा आत्तिनुपर्ने अवस्था छैन’

नेपालखबर
असोज १४, २०७६ मंगलबार २:२२,

पानी पार्ने प्राकृतिक प्रणाली- मनसुन, नेपालमा अझै एक हप्ता रहने मौसमविद्ले अनुमान गरेका छन्। यस आधारमा दसैं अवधिमा पनि वर्षा जारी रहने सम्भावना देखिएको छ।

तर त्यस्तो ठूलो पानी पार्ने ‘सिस्टम’ नरहेकाले दसैंमा वर्षाका कारण आत्तिनुपर्ने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

‘मनसुन अझै एक हप्ताजति रहने नै देखिन्छ’ नेपालखबरसँग कुरा गर्दै पौडेलले भने, ‘तर यस अगाडिका दिनमा जस्तो ठूलो पानी पर्ने सम्भावना छैन, आत्तिन पर्दैन।’

उनका अनुसार दसैं अवधिमा छिटफुट मात्र वर्षा हुने र केही बेरमै मौसम खुल्ने हुन्छ।

‘एकाबिहानैदेखि बदली हुने, दिनभर डिस्टर्ब हुने अवस्था छैन,’ उनले भने, ‘दिउँसोतिर विशेषगरी पहाडी भेगतिर सामान्य वर्षा हुने देखिन्छ।’ 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानमा छ।

‘मनसुनी वायु र स्थानीय वायु दुवैको प्रभावले मौसम बदली भइरहेको हो, ’ वरिष्ठ मौसमविद् पौडेलले भने।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि मनसुन ढिला भित्रिने र ढिलै बाहिरिने गरेकाे छ। 

 नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ। 

आजको मौसम
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशका केही पहाडी भेग, कास्की, ओखलढुंगा, काठमाडौं उपत्यकालगायत उक्त स्थानका आसपास बदली छ भने केही स्थानमा छिटफुट वर्षा पनि भइरहेको छ।

उनका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

यस्तै राति पनि  देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे माैसम महाशाखाले जनाएकाे छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad