समाज


घरमा राखेको डेढ लाख आगोमा जल्यो, नगद झिक्न गएका घरमूली गम्भीर घाइते

घरमा राखेको डेढ लाख आगोमा जल्यो, नगद झिक्न गएका घरमूली गम्भीर घाइते

नेपालखबर
चैत ४, २०८० आइतबार ९:५८, काठमाडौँ

काभ्रेमा आगलागीमा परेर घरमुली गम्भीर घाइते भएका छन्। 

महाभारत गाउँपालिका २ मुलडाँडा निवासी ४१ वर्षीय सञ्चार घिसिङ (दनुवार) आगलागीमा परेर घाइते भएका हुन्। 

उनको ढुङ्गा माटोको गारो र जस्ताले छाएको घरमा शनिबार एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट लत्ता कपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र नगद एक लाख पाँच हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कर्यालय काभ्रेले जनाएको छ। 

घरमा आगो दन्किरहेको बेला नगदसहितका सामान झिक्न जाने क्रममा घिसिङ जलेका हुन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हाल उनको धुलिखेल अस्पताल उपचार भइरहेको छ। 

आगलागी भएको खबर पाएपछि प्रहरी चौकी गोकुलेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल प्रहरी चौकी गोकुलेबाट पाँच घण्टा टाढा पैदल दुरीमा पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .