समाज


आफ्नै वडा कार्यालयमा ललितपुर महानगरले चलायो डोजर [तस्बिरहरू]

आफ्नै वडा कार्यालयमा ललितपुर महानगरले चलायो डोजर [तस्बिरहरू]

विशाल कार्की


विशाल कार्की
फागुन १२, २०८१ सोमबार १३:३१, काठमाडौँ


ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको 'न्हुँ पुखु'को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको छ।  महानगरले न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि वडा नम्बर ५ को वडा कार्यालयसहित अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो। 

महानगरप्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा उक्त संरचनाहरू भत्काइएको हो। 

ललितपुरको लगनखेलस्थित जिल्ला अदालत अगाडि रहेको वडा कार्यालय र नजिकका १६ वटा सटर डोजर लगाएर भत्काएको छ। भवन र सटरहरु हटाएपछि ऐतिहासिक साँस्कृतिक सम्पदा न्हुँ पुखु अब सडकबाटै देखिन्छ। 

महानगरले लगनखेलमा रहेको नमूना मच्छिन्द्र विद्यालयले अतिक्रमण गरेको भवनसमेत भत्काएर सप्तपाताल पोखरी निर्माण सुरु गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad