राजनीति


मुक्त कमैयाका परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग

मुक्त कमैयाका परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८१ सोमबार १३:३७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिचाईं तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाईं परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्। 

‘महाकाली सिचाईं तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधीग्रहणमा परेको छ। अधीग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,’ उनले भने, जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिंचाईं मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्।’ 

किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएर गृह मन्त्रालयबाट पुनर्मूल्यांकन गर्नुपर्ने माग राखे पनि सुनुवाइ नभएको साउदले बताए।  

‘जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिंचाईं मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्,’ उनले भने। 

पूर्वपरराष्ट्रमन्त्री साउदले महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका–१ र ४ का किसानसमेत मर्कामा परेका भन्दै उनीहरूलाई दिइने भनिएको मुआब्जाको पुनर्विचार गरी रकम वृद्धि गर्नुपर्ने पनि बताए। 

‘महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका १ र ४ का किसानहरु पनि मार्का परेका छन्। त्यहाँका किसानलाई दिइने मुआब्जाको पुनर्विचार गरी वृद्धि गरिदिन र शुक्लाफाँटाका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराइदिन सम्मानित सदनमार्फत् सरकारसँग अनुरोध गर्छु,’ साउदले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad