समाज


बागमतीमा बेलिब्रिज जडान गरेपछि कान्ति लोकपथमा चल्न थाले गाडी (तस्बिरहरू)

३० टन भन्दा बढी भार भएका सवारी साधन सञ्चालनमा रोक
बागमतीमा बेलिब्रिज जडान गरेपछि कान्ति लोकपथमा चल्न थाले गाडी (तस्बिरहरू)

सुनिता विष्ट
जेठ २५, २०८२ आइतबार ११:८, हेटाैँडा

बागमती नदीमा बेलिब्रिज जडान गरिएपछि कान्ती लोकपथमा सहज रूपमा गाडी चल्न थालेका छन्। 

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कान्ति लोकपथस्थित बागमती खोलामा बेलिब्रज जडान गरिएपछि आइतबार बिहानबाट गाडी चल्न थालेका हुन्।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज निर्माण गरेर सवारी आवागमनलाई सहज बनाइएको हो। 

गएको असोज दोस्रो साता परेको अविरल बर्षाका कारण बागमतीमा ठूलो बाढी आउँदा यहाँको पक्की पुल बगेको थियो। त्यसपछि डाइभर्सन बनाएर सवारी साधन सञ्चानल गरिएको थियो। 

तर, सानो बाढीले पनि सडक अवरुद्ध हुन थालेपछि यहाँ बेलिब्रिज निर्माण गरिएको हो। 

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग कान्ति लोकपथ विगत केही सातायता पटकपटक अवरुद्ध हुँदै आएको थियो। 

बर्खा सुरु हुनै लाग्दा सवारी सञ्चालनमा समस्या सिर्जना भएपछि कान्ति लोकपथ सडक आयोजनाले यही जेठ २१ देखि २४ जेठसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरी बेलिब्रिज जडानको काम अघि बढाइएको थियो।  

जडान गरिएको बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ। 

त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad