समाज


ट्रकको ठक्करबाट ८४ वर्षीया वृद्धाको मृत्यु, २५ वर्षीय चालक पक्राउ

ट्रकको ठक्करबाट ८४ वर्षीया वृद्धाको मृत्यु, २५ वर्षीय चालक पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार ९:५३, बागमती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ।

चितवनबाट हेटौँडा आउँदै गरेको ना.८ ख १२५६ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad