आज (बुधबार) पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजै (मंगलबार) को जति देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस नै छ। हिजो पनि यत्ति नै थियो।
यसअघि आजै बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा भने काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा भने काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झरेको हो।
सबैभन्दा तल झरेको तापक्रम नै न्यूनतम तापक्रम हो।
मौसम महाशाखाले जारी गरेको तापक्रम सूचीमा आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव २ अर्थात् -६.२ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम धनगढीमा १० दशमलव ५ अर्थात् १०.५ डिग्री सेल्सियस छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् तापक्रम सूची (नोट : न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

Shares

प्रतिक्रिया