मकवानपुरमा चट्याङ लागेर एकजना गर्भवती घाइते भएकी छन्। कैलाश गाउँपालिका–१०, नामटार बागुनेमा चट्याङ पर्दा गर्भवती घाइते भएकी हुन्।
घाइते हुनेमा पूर्ण सिंह वाइवाकी श्रीमती २१ वर्षीया सुनमाया वाइवा रहेकी मकवानपुर प्रहरीले जनाएको छ।
शनिबार साँझ ६ बजेतिर आफ्नै घरको पेटीमा चट्याङ पर्दा उनी घाइते भएकी मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
उनलाई उपचारका लागि राति ८ बजे हेटौँडा अस्पताल ल्याइएको थियो। हेटौँडा अस्पतालले थप उपचारको लागि उनलाई शनिबार राति नै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरेको छ।
उनको ढाडको भित्री भागमा चोट लागेको र अवस्था मध्यम रहेको हेटौँडा अस्पतालका चिकित्सकले बताएका छन्। गर्भवती महिला भएकाले स्वास्थ्यमा थप जटिलता आउनसक्ने भन्दै हेटौँडा अस्पतालले उनलाई चितवन रेफर गरेको हो।
वाइवा ६ महिने गर्भवती रहेकी कैलाश गाउँपालिका–१० का वडाध्यक्ष सूर्यबहादुर भ्लोनले जानकारी दिए।
Shares

प्रतिक्रिया