स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ घर भई चापाकोट नगरपालिका(१० बोटेटारमा बस्ने २८ वर्षीय महेन्द्र दमाई छन्।
बारीकुनाबाट माटो लिएर चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर चापाकोट नगरपालिका(१० को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दमाईको चापाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
33
Shares

प्रतिक्रिया