नवलपरासी पूर्वमा खोलामा डुबेर आठ वर्षीया एक बालिकाको मृत्यु भएको छ।
विनयी त्रिवेणी गाउँपालिका-५ देउराली खोलामा डुबेर स्थानीय उमादेवी रखालकी ८ वर्षीय छोरी रोसना रखालको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा बालिका पानीमा डुबेर अचेत भएकी थिइन्। उनी अन्य साथीहरुसँगै पौडी खेल्न खोलामा गएकी थिइन्।
उनलाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
48
Shares

प्रतिक्रिया