समाज


अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली

अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली

नेपालखबर
जेठ २४, २०८२ शनिबार ६:५८, काठमाडौँ

 अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। 

मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्।

स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए।

त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ।

घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।

विस्तृत जानकारी आइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad