समाज


सुर्खेतमा बसको ठक्करबाट युवकको मृत्यु भएपछि सडकमा टायर बालेर प्रदर्शन

सुर्खेतमा बसको ठक्करबाट युवकको मृत्यु भएपछि सडकमा टायर बालेर प्रदर्शन

नेपालखबर
पुस १, २०८० आइतबार १३:५७, सुर्खेत

शनिबार बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका सुर्खेतका मनोज सुनारका परिवारले आन्दोलन सुरु गरेका छन्। 

पीडित परिवारका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय सुर्खेत अघि र सुब्बाकुनामा आइतबार बिहानैदेखि सडकमा टायर बालेर नाराजुलुससहित विरोध प्रदर्शन गरेका हुन्। 

शनिबार बेलुका ६ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ सुब्बाकुनाबाट नजिक बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। 

उक्त दुर्घटनामा सुनारको मृत्यु भएपछि आफन्तहरुले सडकमा टायर बाल्दै ‘नाबालक बच्चाको स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर, हत्यारालाई फासी दे, पीडित परिवारलाई पूर्ण रुपमा न्यया दे’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए। 

सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको युनाईटेड एजुकेशन एकेडेमी नेपालगन्ज उपमहानगर पालिका–१२ बाँकेको शैक्षिक भ्रमणमा रहेको भे १ क ११२२ नम्बरको बसले बिपरित दिशातर्फ आइरहेको भे ३ प ९७४० नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट बस्ने २६ वर्षीय मनोज सुनार घाइते भएका थिए। 

टाउकोमा गम्भीर चोट लागेका सुनारलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो। 

अस्पताल लगेको केही समयपछि सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव अहिले पनि अस्पतालमै रहेको छ। 

बस चालक बाँकेको नेपालगन्ज उपमहानगर पालिका–११ बस्ने ५९ वर्षीय रमेशकुमार बर्मालाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .