हुम्ला नजिकै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।
डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हेलिकोप्टरमार्फत हिल्सा ल्याइएको उनका आफन्त कुमार भण्डारीले जानकारी दिए।
हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले बताए।
3
Shares
प्रतिक्रिया