समाज


सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु, ११ जना पक्राउ

सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु, ११ जना पक्राउ

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १४:५, सल्यान

सल्यानको कुमाखमा एक समूहको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ का विकास वलीको कुटपिटबाट मृत्यु भएको हो। उनलाई कुटपिटमा संलग्न रहेका आरोपमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

कुटपिटमा संलग्न रहेको अभियोगमा कुमाख- ५ कौचे बस्ने मानसिंह कुमाईसहित ११ जना पक्राउ परेका हुन्। 

कुमाख ५ कौचेमा मंगलबार राति विवाहको भोज खाएर फर्कने क्रममा मानसिंह लगायतको एक समूहले बिकास वलीसमेत ३ जनालाई कुटपिट गरेका थिए। 

कुटपिटबाट गम्भीर घाइते भएका वलीको मिसन अस्पताल चौरजहारीमा उपचार हुन नसकेपछि नर्सिङ होम नेपालन्ज लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। 

कुटपिटबाट घाइते भएका १ जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ भने एक जना उपचार पछि ठिक भएर डिस्चार्ज भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .