समाज


कर्णालीमा डुबेर १५ र १६ वर्षका २ किशोर बेपत्ता

कर्णालीमा डुबेर १५ र १६ वर्षका २ किशोर बेपत्ता

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८२ शनिबार ८:६, काठमाडौँ

कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन्। कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन्। 

कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १६ वर्षीय किशोर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बेपत्ता हुनेमा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट रहेको छन्। 

यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन पनि कर्णाली नदीमा बेपक्ता भएका छन्। 

शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा उनि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले जानकारी दिए।

प्रहरीका अनुसार बेपत्ता भएका दुवै किशोर अझै भेटिएका छैनन्। उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad