ग्लोबल


अपरेसन 'बुन्यान-अन-मार्सुस'अन्तर्गत हाम्रो निशाना भारतका प्रमुख सैन्य प्रतिष्ठान: पाकिस्तान

अपरेसन 'बुन्यान-अन-मार्सुस'अन्तर्गत हाम्रो निशाना भारतका प्रमुख सैन्य प्रतिष्ठान: पाकिस्तान

पाकिस्तानी सेना


नेपालखबर
बैशाख २७, २०८२ शनिबार ८:४०, काठमाडौँ

पाकिस्तानले अपरेसन 'बुन्यान-अन-मार्सुस'अन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्ष्य गरी कारबाही थालिएको बताएको छ।

पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिअनुसार, जवाफी अपरेसन 'बुन्यान-अन-मार्सुस'को एक भागका रूपमा ‘उपयुक्त जवाफ’का लागि भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई निशाना बनाइएको हो। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो कारबाही भारतको सुरुवाती हमलाको जवाफमा गरिरहेका छौँ, जुन हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथिको आक्रमण थियो।’

विज्ञप्तिमा शुक्रबार राति भारतले पाकिस्तानका तीन वायुसेना हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणलाई गरिएको उल्लेख छ। 

यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो।

त्यसयता दुई देशबीच गोलाबारी भइरहेको खबर आइरहेका थिए। तर पाकिस्तानले आफूले आक्रमण गरेको कुरा अहिलेसम्म स्वीकार गरेको थिएन। 

आज भने पाकिस्तानले भारतविरुद्ध जवाफी हमला सुरु गरेको बताएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad