सुर्खेतको छिन्चु-जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला परेको नेपाली सेनाको टोली परिचालन गरिएको छ।
मंगलबार बिहान भेरीगंगा नगरपालिका-११ को राताचौर नजिकै शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उरीक्षक (डीएसपी) मोहनजंग बुढाले छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत सडक छेउमा प्रेसर कुकरसहित रातो प्लास्टिकले बेरेको शंकास्पद वस्तु फेला परेको जानकारी दिए।
शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ।

प्रतिक्रिया