समाज


दुबईमा ज्यान गुमाएका युवकका परिवारलाई चन्दा उठाएर ७ लाख ५० हजार सहयोग

दुबईमा ज्यान गुमाएका युवकका परिवारलाई चन्दा उठाएर ७ लाख ५० हजार सहयोग

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ९:१६, खोटाङ

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीका आश्रित परिवारले रु सात लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग पाएका छन्।

बुढाथोकीको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो।  

मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको हो। 

धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद  रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad