समाज


नजिकियो तिहार, बढ्यो मादलको बिक्री

नजिकियो तिहार, बढ्यो मादलको बिक्री

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ७:४, सुनसरी

तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। 

पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्।

१५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार ५०० देखि पाँच हजार रुपैयाँ सम्मका मादल बिक्रीका लागि राखिएको बताए।  ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ। तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ। एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ’, उनले भने। 

उनका अनुसार लक्ष्मीपूजाको दिनदेखि मादल बेच्न भ्याइनभ्याइ हुन्छ। हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरू बिक्री गर्दै आएका छन्।

धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरू समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन्। विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका वाद्यवादनको व्यापार गर्दै आएका छन्।

‘आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत सङ्गीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरू पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन्’, उनले भने। 

तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ। तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उनले बताए। ‘अरू समयमा महिनामा २र४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र एक लाख रुपैयाँभन्दा बढीको बिक्री हुने गरेको छ’, उनले भने।

भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल बिक्रीका लागि राखेको बताए।  

नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आएका इटहरी उपमहानगरपालिका(६ का भेषराज अधिकारीले तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए। उनका अनुसार विशेष गरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका शहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad