समाज


आश्रममा बस्दै आएका पुरुषको मृत्यु

आश्रममा बस्दै आएका पुरुषको मृत्यु

नेपालखबर
असार २४, २०८२ मंगलबार ११:१२, झापा

झापा जिल्लाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा बस्दै आएका एक पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–१० मा बेवारिसे अवस्थामा फेला परेका भुन्टे कुर्मी नामले चिनिने करिब ५० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ।

गत जेठ २२ गते भद्रपुर नगरपालिकाले उद्धार गरी आश्रममा ल्याइएका ती पुरुष असार २३ गते दिउँसो ३ बजे सुतेकै अवस्थामा मृत फेला परेका हुन्। अहिलेसम्म उनको स्थायी वतन नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्युको कारण यकिन नभएकोले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले अनुसन्धान गरिरहेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad