समाज


राति घरमै गएर ३० वर्षीया महिलालाई बलात्कार, ३७ वर्षका पुरुष पक्राउ

राति घरमै गएर ३० वर्षीया महिलालाई बलात्कार, ३७ वर्षका पुरुष पक्राउ

नेपालखबर
भदौ १, २०८२ आइतबार ११:३, खोटाङ

खोटाङकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सवा दुई बजेतिर गएर जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर आम्बोटे घर भएका ती पुरुषको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार राई थरका ती पुरुषलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

उनले मादक पदार्थ खाएर महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। 

पीडित महिलाको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad