धनकुटामा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय किशोरको मृत्यु भएको छ।
शहीदभूमि गाउँपालिकास्थित सेतीचोकमा को. २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा शहीद भूमि-२ का १८ वर्षीय खगेन्द्र परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका २३ वर्षीय सचिन शिवाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचारको क्रममा मृत्यु भएको हो।
195
Shares

प्रतिक्रिया