झापाको बिर्तामोडमा आफ्नै घरको रेलिङबाट खसेका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका वडा नम्बर४ आगमनटोल बस्ने राम कुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्कीको तीन तलामाथिबाट खसेर मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पुस २ गते साँझ रियान्स आफ्नै तीन तले घरको माथिल्लो तलामा खेल्दै थिए। खेल्ने क्रममा अचानक रेलिङबाट भुईँमा खस्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। अस्पतालमा सात दिनदेखि उपचाररत बालकको गएराति मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
बालकको शव अहिले सोही अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया