झापामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गएराति साढे आठ बजेतिर बिर्तामोड नगरपालिका-७ खोपवारीस्थित भित्रि सडकखण्डमा प्र.१-०१-०१३ प.९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा स्कुटर चालक स्थानीय शुभाष मादेनको मृत्यु भएको छ।
प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको स्कुटर तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बीएनसी अस्पताल पुर्याउँदा किचित्सकमा मृत घोषणा गरेका हुन्।
युवकको शव हाल सोही अस्पतालमा राखिएको छ।
327
Shares

प्रतिक्रिया