ग्लोबल


इजरायलले गर्‍यो गाजामा हमला, कम्तीमा ३२ जनाको मृत्यु

इजरायलले गर्‍यो गाजामा हमला, कम्तीमा ३२ जनाको मृत्यु

नेपालखबर
माघ १८, २०८२ आइतबार ७:४१, काठमाडौँ

शनिबार गाजामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मृतकहरूमा महिला र बालबालिका रहेको बताएको छ।

एजेन्सीले भनेको छ, 'खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास गर्ने पालहरूमा हेलिकप्टरले प्रहार गरिएको हो।'

इजरायली सेनाले शुक्रबार हमासले सम्झौता उल्लङ्घन गरेको जवाफमा  आक्रमणहरू गरिएको बताएको छ।

इजरायल र हमासबिचको द्वन्द्व २०२३ अक्टोबर ७ देखि जारी छ। त्यस दिन हमासका लडाकुले इजरायलमा आक्रमण गरेपछि लडाइँ सुरु भएको थियो।

सुरुको आक्रमणमा १,२०० इजरायली नागरिक मारिएका थिए भने हमासले २५१ जनालाई गाजा लगेर बन्धक बनाएको थियो।

त्यसबेलादेखि हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गाजामा इजरायलले गरिरहेको सैन्य कारबाहीमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

साथै हमास स्वास्थ्य विभागले २०२५ अक्टोबर १० मा युद्धविराम लागु भएयता पनि कम्तीमा ५०९ प्यालेस्टिनी मारिएको र चार इजरायली सैनिकको पनि मृत्यु भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad