ग्लोबल


ओमानको खाडीमा अमेरिकाले जहाजमा आक्रमण गर्दा बेपत्ता ३ भारतीय मृत भेटिए

ओमानको खाडीमा अमेरिकाले जहाजमा आक्रमण गर्दा बेपत्ता ३ भारतीय मृत भेटिए

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १४:१६, काठमाडौँ

ओमानको खाडीमा अमेरिकी सेनाले तेल ट्यांकरमा हमला गर्दा बेपत्ता ३ भारतीय मारिएको पुष्टि भएको छ। 

भारतका बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले उनीहरूका शव फेला परेको जानकारी दिएका हुन्। 

सर्वानन्द सोनोवालले एक्समा लेखेका छन्, ‘पलाउ झन्डा भएको एमटी सेटेबेलो जहाजमा भएको दु:खद घटनाबारे थाहा पाउँदा गहिरो दुःख लागेको छ। दुःखको कुरा पहिले बेपत्ता भएको भनिएका तीन भारतीय नाविकका शव अब फेला परेका छन् र उनीहरूको पहिचान पुष्टि भएको छ।’

यो भारतका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले सरकार पीडित परिवारलाई सक्दो सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्। 

यसअघि बुधबार भारतको विदेश मन्त्रालयले होर्मुज स्ट्रेटनजिक भारतीय चालक दलका २४ सदस्य सवार ‘एमटी सेटेबेलो’ जहाजमा अमेरिकी सेनाले आक्रमण गर्दा २१ जनाको सकुशल उद्धार गरिएको छ र ३ जना बेपत्ता भएको बताएको थियो। 

अहिले ती तीन जनाको मृत्यु भएको पुष्टि भारतले सरकारले गरेको हो।  

मृतकमा डेक क्याडेट आदित्य शर्मा, इन्जिन फिटर शिवानन्द चौरसिया र प्रमुख इन्जिनियर पटनाला सुरेश छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad