ग्लोबल


जापानमा एआई डेटिङ एपबाट ५३० जनाले गरे बिहे, ७६० जोडी गम्भीर प्रेममा

जापानमा एआई डेटिङ एपबाट ५३० जनाले गरे बिहे, ७६० जोडी गम्भीर प्रेममा

नेपालखबर
साउन १२, २०८३ मंगलबार १६:१७, टोकियो

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालन गरेको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ।

सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन्। ‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ देखि सञ्चालनमा छ।

विवाह गर्न इच्छुक करिब ७० प्रतिशत व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी नभएको सरकारी सर्वेक्षणपछि उनीहरूलाई सहज रूपमा जीवनसाथी खोज्न सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानुनी रूपमा अविवाहित रहेको प्रमाण पेस गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्नेलगायत मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिमात्र सहभागी हुने वातावरण बनाइएको जापान सरकारले जनाएको छ।

यस वर्ष जुन ३० सम्म एपमा करिब ३६ हजार आवेदनमध्ये १६ हजार सदस्य दर्ता भएका छन्। सरकारी तथ्यांकअनुसार हाल ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले विवाह गरिसकेका छन्।

सरकारले सार्वजनिक गरेको अनुभवमा ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई ‘अन्तिम अवसर’ ठानेर एप प्रयोग गरेको बताएकी छन्।

उनका अनुसार धेरै ब्लाइन्ड डेटपछि अगस्टको अन्त्यतिर वर्तमान पतिसँग भेट भएको, सेप्टेम्बरको मध्यदेखि गम्भीर सम्बन्ध सुरु भएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरिएको थियो।

एपमार्फत जीवनसाथी भेट्टाउन सफल अर्का एक प्रयोगकर्ता ‘स्काइट्री’ले एआईले सम्भावित जोडीसँगको अनुकूलता चरणबद्ध रूपमा देखाउने भएकाले भेट गर्ने निर्णय लिन सहज भएको बताएका छन्।

उनका अनुसार आफ्नी प्रेमिकासँगको एआई अनुकूलता मूल्यांकन अत्यन्त उच्च थियो।

यसबिच जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको स‌ंख्या घटेर ६ लाख ७१ हजार २३६ मा पुगेको छ।

यो संख्या गातार दशौँ वर्षको वार्षिक गिरावट हो। सोही अवधिमा मृत्यु संख्या १६ लाखभन्दा बढी पुगेको छ भने प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ।

यद्यपि विवाहको संख्या केही बढेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad