ग्लोबल


जब नेतन्याहु न्युयोर्क पुगे, सुरुमा गिरफ्तार गर्ने धम्की दिएका ममदानीले के भने?

जब नेतन्याहु न्युयोर्क पुगे, सुरुमा गिरफ्तार गर्ने धम्की दिएका ममदानीले के भने?

न्युयोर्क सिटीका मेयर जोहरान ममदानी


नेपालखबर
साउन १२, २०८३ मंगलबार १५:६, काठमाडौँ

न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क पुग्दा उनको पक्राउबारे सोधिएका प्रश्नको जवाफ दिएका छन्।

बीबीसीका अनुसार ममदानीले भने, ‘प्रधानमन्त्री नेतन्याहुसँग वाकयुद्ध वा आरोप लगाउने मेरो कुनै रुचि छैन।’

ममदानीले नेतन्याहुको प्रतिक्रियाबारेका प्रश्न पन्छाउँदै उक्त अभिव्यक्ति दिएका हुन्। 

अन्तर्राष्ट्रिय फौजदारी अदालतबारे राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अघिल्लो टिप्पणीबारे छलफल गर्नुभएको छ कि छैन भनेर सोध्दा ममदानीले आफ्नो कुराकानी सार्वजनिक नगर्ने बताए।

बरु उनले यसो भने, ‘मेरो प्राथमिकता सबै न्युयोर्कवासीको सुरक्षा सुनिश्चित गर्नु हो।’

यसअघि ममदानीले नेतन्याहु संयुक्त राष्ट्र संघको महासभामा भाग लिन सेप्टेम्बर अन्त्यमा न्युयोर्क आउने र त्यसबेला उनलाई गिरफ्तार गरिने बताएका थिए।

यद्यपि पछि उनले नेतन्याहु पक्रने अधिकार न्युयोर्कलाई नरहेको बताएका थिए। 

इजरायलका प्रधानमन्त्री नेतन्याहु अहिले अमेरिका भ्रमणमा छन्। उनले आज (मंगलबार) अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

सोमबार इजरायलबाट अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेतन्याहुले आफूले ट्रम्पसँग इरानको मुद्दा, इजरायलको सुरक्षा र इजरायलको शान्तिबारे छलफल गर्ने बताएका थिए। 

इजरायलको च्यानल-१२ न्युजका अनुसार नेतन्याहूले ट्रम्पलाई आणविक बमको दिशामा इरानको प्रगतिबारे अद्यावधिक गोप्य जानकारी प्रस्तुत गर्ने, दक्षिणी लेबनान र सिरियाबाट इजरायलको फिर्तीको अमेरिकी मागको विरोध व्यक्त गर्ने र अमेरिकी राष्ट्रपतिलाई टर्कीलाई हतियार प्रणाली र एफ-३५ जेट नबेच्न आग्रह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad