अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा 'ठुलो आक्रमण' गर्ने बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, 'संयुक्त राज्य अमेरिकाले आज राति इरानमा धेरै शक्तिशाली आक्रमण गर्नेछ। इरानका नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र यसका अधिकांश आक्रामक क्षमता पहिले नै नष्ट भइसकेका छन्।'
उनले निकट भविष्यमा अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग र अन्य तेल पूर्वाधार नियन्त्रणमा लिने दाबी पनि गरेका छन्।
साथै ट्रम्पले इरानको तेल र ग्यास बजार पनि कब्जा गर्ने दाबी गरेकन छन्।
खार्ग टापु इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ। इरानको अधिकांश कच्चा तेल निर्यात यही टापुको टर्मिनलबाट हुन्छ।
ट्रम्पले पहिले धेरै पटक खार्ग टापु कब्जा गर्ने धम्की दिएका छन्।
1.1k
Shares

प्रतिक्रिया