समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १९ र २१ वर्षका युवकको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १९ र २१ वर्षका युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८२ बिहिबार ७:५४, झापा

झापामा टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे.१ ख २८८४ नम्बरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई दमक-१ बरगाछीमा ठक्कर दिएको हो। 

बुधबार साँझ भएको दुर्घटनामा इलामको चुलाचुली गाउँपालिका –४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनापछि टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका ९ राटमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई पक्राउ गरएको खड्काले बताए। 

मृतक दुवै युवकको शव पोस्टमार्टमको लागि दमक अस्पतालमै राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad