कोसी प्रदेश सरकारले आठ पत्रकारलाई पुरस्कृत गरेको छ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई पुरस्कार प्रदान गरेका छन्। प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारमा शेखर रेग्मी, शिद्धराज राई, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०७५ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ। उनीहरूलाई जनही एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो।
72
Shares

प्रतिक्रिया