समाज


३ जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा १८ र २० वर्षका २ युवकको मृत्यु, अर्का घाइते

३ जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा १८ र २० वर्षका २ युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
असार ७, २०८२ शनिबार २१:४२, काठमाडौँ

रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ।

बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका- ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिपपरले शनिबार ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका- ५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका- ७ का १८ वर्षीय शिवनाथ ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका- ५ का १७ वर्षीय अमित यादव घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ। 

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad